विराटनगर : विराटनगर महानगरपालिकाले स्थानीय आपतकालीन सेवा सञ्चालन कार्यविधि तयारीसम्बन्धी छलफल सम्पन्न गरेको छ ।

महागरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृतसहित वडाअध्यक्ष र कार्यपालिका सदस्यहरूको उपस्थितिमा भएको छलफलमा परामर्शदाता रामकुमार दाहाल र यसप्रसाद सुब्बाले कार्यविधिसम्बन्धी जानकारी दिएका थिए ।

विपद आउनुभन्दा अगाडि नै के कस्ता सामग्री तयारी अवस्थामा राख्ने, प्रयोगका विधि, जनशक्तिको व्यवस्थापनलगायतका विषयमा उनिहरूले जानकारी गराएका छन् ।

बाढी, आगलागीसहित बहुप्रकोपबाट हुनसक्ने क्षतिलाई मध्यनजर गर्दै कार्यविधिमार्फत न्यूनीकरण गर्ने महानगरको योजना रहेको छ ।