झापा : झापाको गौरिगञ्जमा चट्याङ लागेर १३ वर्षका बालकको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

गौरिगञ्ज गाँउपालीका वडा नं.६ खजुरगाछी कन्चिरा बस्ने अन्दाजी १३ वर्षका विजय सरदारको अहिले भर्खरै चट्याङ लागेर मृत्यु भएको छ ।

उनी कन्चिरा बस्ने वार्ड नम्बर ६ का वडा सदस्य मो.आसामुदिन मियाँको खेतमा बिउ उखेल्न क्रममा चट्याङ लागेर उनी सहित रहेका २ जना भने बेहोस भएका थिए । 

मृतक सरदारसँगै रहेका मो.आसामुदिन मियाँसहित अन्य २ जना बेहोस भएका छन् ।