इटहरी : कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । सभामुख बाबुराम गौतम सहित ४७ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्ति भएका थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले शपथ ग्रहण गराएका हुन् ।
मुख्यमन्त्री थापाले शपथ ग्रहण गरेसँगै दुई सदस्यीय मन्त्रीमण्डल गठन गरेका छन् । काँग्रेसबाट प्रदीपकुमार सुनुवार र नेकपा एकीकृत समाजवादीबाट कमल प्रसाद जबेगुले पनि मन्त्रीमा शपथ लिएका छन् । नियुक्त भएका मन्त्रीलाई  मुख्यमन्त्री थापाले आज प्रदेश प्रमुखको कार्यालयमा शपथ गराएका छन् ।
माओवादीले केन्द्र भने मुख्यमन्त्रीको शपथ ग्रहणमा सहभागी भएन । माओवादीले शपथ ग्रहण बहिस्कार गरेपछि सरकार गठन हुन नपाउँदै गठबन्धनमा खटपट देखिएको छ । निवर्तमान मन्त्री जीवन आचार्यको नेतृत्वमा माओवादी सरकारमा सहभागी हुने वा अन्य कसैको नेतृत्वका जाने भन्नेमा विवाद देखिएको छ । आचार्य प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका ज्वाइँ हुन् ।
maobaadi bahiskar 1