वराहक्षेत्र : नगरपालिकाले वडा नं.५ स्थित कालाबञ्जर क्षेत्र भएर बग्ने हैंटा खोलाको आकार दिन खोला भित्रका संरचना हटाउने योजना बनायो । तत्काल खोलालाई १६ फिट कायम गरेर नगरपालिकाले खोला भित्रका संरचना हटाउन एक्स्काभेटर नै प्रयोग गरेको थियो ।

खोला अतिक्रमण गरी १६ फिट भित्र बनेका एक दर्जन भन्दा बढी घर र घरका बरन्डाहरू त्यस्तै दर्जनको सङ्ख्यामा खोला भित्र परेमा रुख बिरुवाहरू हटाइएको थियो ।

खोलाभित्र घर, टहरा तथा बरण्डाहरुका कारण पानीको बहावलाई ब्लक गरेर पानी बस्ती तथा सडकमा प्रवेश गरी बर्सेनि ठुलो मात्रामा धनजनको क्षति पुराइएको थियो । ४० वर्षदेखि समस्याको रूपमा रहेको उक्त हैटा खोला अतिक्रमणलाई  नगरपालिकाले समाधान गर्न अतिक्रमण हटाउने कार्य गरेपछि वर्षाको समयमा खोलाको पानी बजारमा पर्ने त्रास हटेको स्थानीय कमला कार्की बताउँछिन् ।

हैटा खोलाको बहाव क्षेत्र र खोलाको नक्सा मिचेर संरचना निर्माण भएको र नगरपालिकाले हटाउने कार्य उपलब्धिमूलक भएको स्थानीय चन्द्रबहादुर बस्नेतको भनाई छ । ४० वर्षदेखि खोलाभित्र घर, टहरा तथा बरण्डाहरुका कारण पानी बस्ती तथा सडकमा प्रवेश गरी बर्सेनि ठुलो मात्रामा धनजनको क्षति पुगिरहेको यसको समाधान गर्न नगरले अतिक्रमण हटाउनु राम्रो कार्य भएको उनको भनाई छ ।

१६ फिट खोलाको आकार हाल कायम गरेको छ । मङ्सिर पछि खोलाको नक्सा कायम गरिनेछ । हाल खोलालाई १६ फिट काम गर्दा पानी बजारमा पर्ने त्रास हटेको वडा नं.५ का अध्यक्ष रोहित काफ्लेले बताए ।

कार्यभार सुरु गरे देखिनै सार्वजनिक स्थानको खोजी र अतिक्रमण गरी बनेका संरचना हटाउने कार्यमा लागि परेका वराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले बताए । नगरपालिकाले वैशाख ३ गते पहिलो पटक ३५ दिने सूचना जारी गरी गरेको थियो ।

सो अवधिमा अतिक्रमित क्षेत्र खाली नभएपछि गत जेठ ७ गते दोस्रो पटक र जेठ  १६ गते तेस्रो पटक सूचना जारी गरेको थियो । तेस्रो पटक सूचना जारी गर्दा समेत अतिक्रमण गरेर बनेका संरचना हटाउन अटेर गरे पछि नगरपालिकाले हटाउने कार्य थालेको थियो ।

clear-haita-khola