धरान : धरान-तरहरा सडक खण्डको सेउती पुलमा गोली प्रहार गरी लुटपाट भएको छ ।

धनकुटाको मुलघाटबाट विराटनगर जाँदै गरेका विराटनगर-५ का २८ वर्षीय रोहित चौधरीमाथि हतियारधारी समूहले लुटपाट गरेको हो । 

गोली प्रहार गरी लुटपाट गरिएका चौधरीको साथबाट मोबाइल र पैसा लुटेर लागेको जानकारी प्राप्त भएको छ ।

गोली लागेर गम्भीर घाइते भएका चौधरीको बिपी प्रतिष्ठान धरानमा उपचार भइरहेको र उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

तीन जनाको समूहमा आएका लुटेरा मध्ये २ जना सँग खुकुरी र एक जना सँग पेस्तोल रहेको घाइते चौधरीको सँगै रहेकी युवतीले जानकारी दिइन । 

घटनास्थलका केही तस्बिरहरू :

goli-spot-2goli-spot-3goli-spot-1