विराटनगर : विराटनगरमा निकालिने राधाकृष्ण रथयात्राको तयारीलाई तीव्र पारिएको छ ।
बिहीबार विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको नेतृत्वमा रथ घुमाउने रुटमा पर्ने केवल, नेट, विद्युतको तार र सडकको अवस्थाका विषयमा निरीक्षण गरिएको छ ।
रथ घुमाउन सहज हुने गरी तारको व्यवस्थापन र सडक र फुटपाथलाई व्यवस्थित बनाइने मेयर कोइरालाले बताए ।
यस पटकको रथयात्रामा ५ वटै महानगरका प्रमुख, मोरङका सबै पालिकाका प्रमुख र उपप्रमुखलाई निमन्त्रणा गरिने उनले जानकारी दिए ।
मेयर कोइरालाले विराटनगरको पहिचानसित जोडिएकाले यस पटकको रथयात्रालाई भव्य बनाइने बताए ।
महानगरको संयोजनमा यस पटकको रथयात्रा हुँदैछ । महानगरको प्राविधिकसहितको निरीक्षण टोलीमा महानगरकी उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका बाबुराजा ओझा, कैलाश रेग्मी, कृष्ण कार्कीलगायतको सहभागिता रहेको थियो ।