इटहरी : कोशी प्रदेशको मुख्य महान्यायाधिवक्ता बुद्धिबहादुर कटवाल नियुक्त भएका छन् । मुख्यमन्त्री उद्धव थापाको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले कटुवाललाई नियुक्त गरेका हुन् ।

कटुवाललाई सोमबार उच्च अदालत विराटनगरका कायममुकायम मुख्य न्यायाधीश सत्यमोहन जोशी (थारु)ले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने भएका छन् ।

पूर्व मुख्यन्यायाधिवक्ता  गजेन्द्र आचार्यले प्रदेश प्रमुख खापुङ समक्ष गत असार २२ गते पदबाट राजीनामा दिएका थिए ।