धरान : धरान-१२ चतरा लाइनमा रहेको नेशनल कलेजले शिक्षा सङ्काय अन्तर्गत 'बिएड आइसिटी'का चौथो वर्षको परीक्षामा आफ्ना छात्र एरिक राई कोशी प्रदेशकै उत्कृष्ट भएको दाबी गरेको छ ।

कलेजले पूर्वाञ्चल विश्वविद्यालयको शिक्षा सङ्काय अन्तर्गत सूचना सञ्चार प्रविधि चौथो वर्षको परीक्षामा प्रदेशकै उत्कृष्ट नतिजा ल्याउन सफल भएको 'बिएड आइसिटी' सङ्काय प्रमुख हेमन्त भण्डारीले बताए ।

उनले पूर्वाञ्चल विश्वविद्यालयको अन्तर्गत 'बिएड आइसिटी' चौथो वर्षको परीक्षा २०७९ साल पुष र माघ महिनामा सञ्चालित भएको जानकारी दिए । प्रदेश उत्कृष्ट छात्र एरिकले ५०० पूर्णाङ्कको परीक्षामा ३७० अङ्क ल्याएर कोशी प्रदेशमै उत्कृष्ट भएको दाबी गरेको शुक्रवार सञ्चारकर्मी भेटघाटमा बिएड आइसिटी सङ्काय प्रमुख भण्डारीले बताए ।

प्रदेश उत्कृष्ट भएको दाबी गरिएका छात्र एरिकले ७४ प्रतिशत ल्याएका छन् । एरिकले भन्दा बढी अङ्क कसैले अङ्क नल्याएकोले उनी नै प्रदेश प्रथम भएको भण्डारीको दाबी छ ।

उनले भने 'अरू कलेजका विद्यार्थीहरूले ७० प्रतिशत भन्दा कम मात्र ल्याएको भेटिएको छ । तर पूर्वाञ्चल युनिभर्सिटीले आधिकारिक रूपमा धारण सार्वजनिक नगरेको भएता पनि कलेजले भने आधिकारिक रूपमा एरिक नै प्रदेश उत्कृष्ट छात्र भनेर दाबी गरिरहेका छौँ ।'

पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धन लिएर अध्ययन अध्यापन गरिरहेको र सुनसरीमै एक मात्र आइसिटी पढाइ हुने कलेज रहेको सङ्काय प्रमुख भण्डारीले बताए ।

उनले स्थापनाकाल देखि नै उत्कृष्ट नतिजा ल्याउन सफल रहेको र बिबिएस, बिएड, बिएड आइसिटी र बिएड (सामाजिक) अध्ययन हुने एक मात्र कलेज रहेको उनले बताए ।

bed-it-national-college-2