धरान : धरान आदर्श बोर्डिङ स्कुलले राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजामा धरानमै सबैभन्दा उत्कृष्ट रहेको विद्यालयले दाबी गरेको छ।

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजामा धरान आदर्श बोर्डिङ स्कुलका ७२ जना विद्यार्थीले ए ग्रेड, १२३ जनाले बि प्लस र ७५ जनाले बि ग्रेड ल्याएको विद्यालयले जानकारी दिएको छ।

जसमा विज्ञान सङ्कायका शतप्रतिशत, व्यवस्थापन संकायका ९६.६३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

विज्ञान सङ्कायमा सबैभन्दा बढी मौसम पराजुलीले ३.५९ जिपिए, आयुष गौतमले ३.५४ जिपिए र एञ्जिला चौहानले ३.५० जिपिए ल्याएका छन् ।

व्यवस्थापन सङ्कायमा आयुस विश्वकर्माले ३.५७ जिपिए, प्रजिमा भट्टराईले ३.५५ जिपिए साथै होटेल म्यानेजमेन्टमा बेस राईले ३.४५ जिपिए ल्याएका छन् ।

धरान आदर्श धरानमा उत्कृष्ट शिक्षा र उत्कृष्ट नतिजा ल्याउने शैक्षिक संस्थाको रूपमा परिचित रहेको छ । साथमा आफ्नो अतिरिक्त क्रियाकलाप, राम्रो व्यवस्थापन र अनुशासनले गर्दा धरान आदर्श विद्यार्थीहरूको छनोटमा पर्ने गरेको छ।