धरान : राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाए अनुसार आज बिहान १ बजेर ११ मिनेटमा पूर्वमा ४ रेक्टर स्केलको भूकम्प गएको छ ।

भूकम्पको धक्का भोजपुर तथा आसपासको क्षेत्रमा महसुस गरिएको थियो । भूकम्पबाट भौतिक तथा मानवीय क्षतिमा भएको खबर भने आएको छैन ।

भूकम्पको केन्द्रबिन्दु भोजपुर तुङगेछा आसपास भएको केन्द्रले जनाएको छ । यसअघि साउन ३२ गते बझाङ जिल्लाको खिराताडी केन्द्रबिन्दु भएर ३ दशमालब ९ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ ।