विराटनगर : कोसी प्रदेश राजधानी विराटनगरस्थित ग्लोबल आइएमई बैङ्कका विभिन्न पाँच वटा शाखाका महिला कर्मचारीहरूले तीज मनाएका छन् ।
विराटनगरस्थित विभिन्न शाखाका अधिकृत तथा विभिन्न तहका कर्मचारीले संयुक्त रूपमा शनिवार हरितालिका तीज मनाएका हुन् ।
विराटनगरस्थित जलजला मोड, ट्राफिक चौक, मेन रोड, तीन पैनी र कञ्चनवारि शाखाका कर्मचारीहरूले संयुक्त रूपमा तीज मनाएका हुन् ।
व्यावसायिक कर्मसँगको व्यस्तताबाट केही फुर्सद मिलाएर संस्कृति पर्वको महत्त्व एकता र आपसी प्रेममा अझ झल्कने भएकोले संयुक्त कार्यक्रम गरी तीज मनाइएको ट्राफिक चौक शाखाकी अपरेस्नल इन्चार्ज(ओआई) मधु कोइरालाले बताइन ।
उनले भनिन्,“हरितालिका तीज नेपाली महिलाहरूको महान् पर्व पनि हो । हामीले पर्वलाई आपसी भाइचाराको रूपमा अघि बढाउने उद्देश्यले एकसाथ मनाएका हौँ ।”
केही समय अघि मात्र बैङ्क अफ काठमाडौँलाई गाभेर चुक्ता पुँजीका आधारमा ग्लोबल आइएमई देशकै सबैभन्दा ठुलो बैङ्क बनेको थियो । बैङ्कको कोसी प्रदेशस्थित सबै जिल्लामा शाखा कार्यालय रहेका छन् ।


































































