इटहरी : कर वृद्धिको विरोधमा नागरिक समाज इटहरीले उपमहानगरपालिकामा धर्ना दिएको छ । कर समायोजन हुनुपर्ने माग राख्दै नागरिक समाजले माग उपमहानगरपालिका घेराउ गरेको हो ।

आर्थिक ऐन २०८० मार्फत उपमहानगरपालिकाले बढाएको कर अत्यधिक भएकाले नगरवासीलाई समस्या परेको नागरिक समाजको बुझाइ छ । कर घटाउन पटक पटक ध्यानाकर्षण गराउँदा समेत बेवास्ता भएको भन्दै आन्दोलनमा उत्रनु परेको नागरिक समाजले जनाएको छ ।

यसअघि जनप्रतिनिधिलाई एसएमएस पठाउने देखि सामाजिक सञ्जाल मार्फत कर घटाउन आग्रह गरेको हो । शनिवार इटहरीमा सर्वपक्षीय भेला राखेको नागरिक समाजले २५ गते नागरिक भेलाको आयोजना गर्ने भएको छ ।