दमक : झापामा आज भएको सवारी दुर्घटनामा परि एक जनाको ज्यान गएको छ ।

झापाको कमल गाउँपालिका वडा नम्बर ३ स्थित बोहोरा टोलमा दक्षिणबाट उत्तरतर्फ आइरहेको मे ११ प ९२०३ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको मे २ प ५९२३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मे २ प ५९२३ नम्बर मोटरसाइकल चालक सहनीको मृत्यु भएको दमक ट्राफिकका सन्तोष पाण्डेले जानकारी दिए ।

भित्री सडक खण्डमा भएको दुर्घटनामा परि गम्भीर घाइते भएका सहनीको उपचारको क्रममा दमकस्थित एक अस्पतालमा ज्यान गएको दमक ट्राफिकले जनाएको छ ।

दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।