झापा : आज सोमबार साँझ ७ः२० बजेको समयमा भएको सवारी दुर्घटनामा परी सुरुङ्गा स्थित प्यारागन एकेडेमीका प्रिन्सिपल डिआर सुवेदीको निधन भएको छ ।

झापा कनकाई ८ शीतल चोक स्थित पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको ग १ च ३२४८ नम्बरको बोलेरो गाडी र विपरीत दिशा तर्फ जाँदै गरेको प्र-१-०१-०१३ प१४१७ नम्बरको मोटर साइकल एक आपसमा ठक्कर खाएर दुर्घटना भएको थियो ।

मोटर साइकल चालक कनकाई ४ बस्ने वर्ष ५४ को देवराज (डिआर) सुबेदी गम्भीर घाइते भई उपचारको लागी विएण्डी अस्पताल पटाइएकोमा अस्पताल पुर्‍याउन साथ डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र प्रसाद रिजालले जनाएका छन् ।

सुवेदीको शव हाल अस्पतालमै रहेको जनाइएको छ । दुवै सवारी साधन र बोलेरो चालक जिल्ला पाँचथर हिलिहाङ गाँउपालीका ७ बस्ने वर्ष ३७ को होमप्रसाद सेन्चुरीलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको जनाइएको छ ।

DR subedi 2