धरान : झापाको अर्जुनधारा र बुद्धशान्तीबाट प्रहरीले एक भारतीय नागरिक सहित दुई जनालाई शनिवार लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाको प्रहरी टोलीले शनिवार साँझ अर्जुनधारा नगरपालिका-११ बसपार्क स्थित होटेलबाट एक भारतीय युवा २१ वर्षीय लाल मियालाई ब्राउनसुगर सहित पक्राउ गरेको छ ।

भारत बिहार, किसानगञ्ज जिल्ला पोराभिट्टा जिरनगाछ बस्ने मियाका साथबाट प्रहरीले ११८ ग्राम ७१० मिलिग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेको छ ।

यसैगरी इलाका प्रहरी कार्यालय बुधबारेको प्रहरी टोलीले बुद्धशान्ती गाउँपालिका-७ सुनमाईका २८ वर्षीय आषिश राईलाई ब्राउनसुगर सहित पक्राउ गरेको छ । प्रहरीले उनको सुत्ने कोठाको खानतलासी गर्दा सिरानी मुनी राखेको २ ग्राम ब्राउनसुगर बरामद गरेको छ ।

मियाको बारेमा इलाका प्रहरी कार्यालय अनारमनी र राईको बारेमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।