झापा : मुलुकमा आर्थिक सङ्कटका बिच हजारौँलाई रोजगार प्रदान गर्दै आफ्नो सेवा तथा बजार विस्तारलाई निरन्तरता दिइरहेको देशकै ठुलो चेन सुपर स्टोर भाटभटेनीले आफ्नो २६ औँ स्टोर पूर्वी नेपालको बिर्तामोडमा सञ्चालनमा ल्याउन लागेको छ ।

स्टोर झापा जिल्लाको व्यापारिक सहर बिर्तामोडको भगवान् चोकमा असोज-४ गतेबाट सञ्चालनमा आउने भएको हो । बिर्तामोडमा सञ्चालनमा आउने यो स्टोर १५ कट्ठा क्षेत्रफलमा करिब २ लाख ५० हजार स्क्वायर फुट सपिङ स्पेस सहित सञ्चलनमा आउन लगेको हो ।

२ अर्ब बढी लगानीमा सञ्चलनमा आउने यो स्टोर कोशी प्रदेशको चौथो तथा झापा जिल्लाको पहिलो हो । यस अघि कोशी प्रदेशको धरान, विराटनगर तथा इटहरीमा स्टोर सञ्चलनमा आइसेको छ । स्वदेशी तथा विदेशी ब्रान्डका उच्च गुणस्तरका सामानहरू पाइने यस सुपरस्टोरमा झापा जिल्ला सहित आसपासका छिमेकी जिल्ला तथा छिमेकी मुलुक भारतका सीमावर्ती सहरबाट समेत ग्राहकहरू किनमेलका लागि आउने विश्वास भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङको रहेको छ ।

नेपालमै अन्तर्राष्ट्रिय स्तरको सपिङ अनुभव र सेवा प्रदान गर्ने तथा नेपालमै रोजगारीको अवसर सृजना गर्ने उद्देश्य सहित देशभरका ठुला सहरहरूमा भाटभटेनीको स्टोर विस्तार गरिएको उनी बताउँछन् ।

देशमा व्याप्त आर्थिक मन्दीका कारण व्यापार व्यवसायमा निराशा छाएको बेला भाट्भटेनीको सञ्चालनले पूर्वी नेपालको आर्थिक विकासमा थप टेवा पुग्ने देखिन्छ । भाट्भटेनीको स्थापनाले बिर्तामोड लगायत पूर्वी नेपालकै आर्थिक तथा पर्यटकीय गतिविधि समेत बढ्ने देखिन्छ ।

उपभोक्तालाई बजार मूल्य भन्दा सस्तो एवम् गुणस्तरीय सामाग्री एकै ठाउँबाट उपलब्ध गराइने भएकोले समानको मूल्य र गुणस्तरमा ग्राहक ठगिन नपर्ने हुँदा भाटभटेनी यस क्षेत्रका उपभोक्ताको सपिङका लागि पहिलो रोजाई बन्ने क्षेत्रीय व्यवस्थापक विनोद भट्टराईले बताए ।

भाटभटेनी व्यवसाय मात्र नभै रोजगारी अभियान पनि रहेको हुँदा हाल सम्म करिब दश हजार बढीले प्रत्यक्ष रोजगारी प्राप्त गरेको र यो स्टोरमा पनि यस क्षेत्रका करिब तीन सय स्थानीयले रोजगार प्राप्त गरेको अध्यक्ष गुरुङ बताउँछन् ।

असोज-४ गते बिहीबारबाट सञ्चालनमा आउने सुपर स्टोरको लागि सम्पूर्ण तयारी सकिएको भाटभटेनीले जनाएको छ । उद्घाटनका अवसरमा आम ग्राहकलाई प्रत्येक सामानको खरिदमा १० प्रतिशत तथा ईलेक्ट्रोनिक्समा २० प्रतिशत सम्म छुटको व्यवस्था पनि रहेको स्टोरका चिफ अपरेसन म्यानेजर पानु पौडेलले बताए ।

यस स्टोरमा ग्रोसरी, किचनवेयर, रेडिमेड गार्मेन्ट, फुटवेयर, इलेकट्रोनिक्स, ब्रान्डेड गार्मेन्ट, ब्रान्डेड फूट्वेर, फूड्कोर्ट, मल्टिप्लेक्स सिनेमा हल तथा बालबालिकाका लागि किडजोन तथा स्केट पार्क लगायतका सुविधाहरू रहने भाटभटेनीले जनाएको छ । बिर्तामोडमा २६औ स्टोर सञ्चालनमा आएपश्चात् झापाको दमकमा समेत आगामी वैशाख सम्ममा २७औ स्टोर सञ्चालनमा आउने भाटभटेनीले जनाएको छ ।

jhapa bhatbhateni 3

jhapa bhatbhateni 4

jhapa bhatbhateni 5

jhapa bhatbhateni 6

jhapa bhatbhateni 7

jhapa bhatbhateni 8

jhapa bhatbhateni 9