धरान : मोरङको बेलबारीमा मावलीमा बस्दै आएकी एक बालिका आइतबार दिउँसो घरबाट हराएको जानकारी प्रहरीलाई दिएपछि खोजतलास गर्दा खोलामा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको छ ।

बेलबारी वडा ३ घर भएकी हाल मामा साङ्गे लामासँग बस्दै आएकी ३ वर्षीय बालिका सोनी तामाङको शव बेलबारी-२ स्थित भलुवा खोलामा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको हो ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार मृतक बालिका घरबाट हराएको जानकारी बवियाविर्ता प्रहरी चौकीमा दिइएको थियो । तत्काल प्रहरी टोली र आफन्तले खोजतलास गर्दा खोलामा डुबेर मृत्यु भएको अवस्थामा फेला पारेको हो ।

उक्त घटनाका बारेमा इलाका प्रहरी कार्यालय रँगेलिबाट कानुनी प्रक्रिया अनुसार थप अनुसन्धान भइरहेको जनाइएको छ  ।