इटहरी : इलाका प्रहरी कार्यालय इटहरीले तास खेलिरहेका ३ जनालाई पक्राउ गरेको छ । इटहरीको मुख्य चोकमा रहेको बरण्डा होटेलबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
प्रहरीले गोप्य सूचनाको आधारमा होटेलको ८०६ नम्बर कोठा बाट पक्राउ गरेको बताइएको छ । ५ जनाको समुहमा तास खेलिरहेको भएपनि २ जना एटीएममा पैसा लिन आएको बेला फरार भएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा इटहरीका राम गिरि, दिपेन्द्र कार्की र अनिष दाहाल छन् । उनीहरुको साथबाट नगद एकलाख पचास हजार बरामद भएको प्रहरीले जनाएको छ ।
        
                    
        
                                        
        
        
        




![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)











        
        
















































