इटहरी : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पदबाट राजीनामा दिएका छन् । शनिवार विश्वासको मत लिने क्रममा राजीनामा घोषणा गरेका हुन् ।

विश्वासको मत लिँदा पक्षमा बहुमत नपुग्ने अवस्था छ देखेपछि उनले राजीनामा दिएका हुन् । नेपालको संविधानको धारा १६८ (३) अनुसार ठुलो दलको हिसाबमा कार्की मुख्यमन्त्री चयन भएका हुन् ।

सर्वोच्च अदालतको परमादेशपछि गएको भदौ २२ गते कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए । प्रदेश सभा बैठकमा बोल्दै उनले बाहिरै बसेर भए पनि सङ्घीयता कार्यान्वयनमा सहयोग गर्ने बताए ।

स्थायी सरकार नहुँदा प्रदेश संरचनाको विषयमा जनतामा वितृष्णा बढेको उनको भनाइ छ ।