वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका वडा नं. १ वराहक्षेत्र मन्दिर एरियामा जारी प्रथम संस्करणको कोकाह कौशिकी मिनी गोल्डकप अन्तर्गत बुधवार भएको खेलमा हाट खोला फुटबल क्लब चतरा विजयी भएको छ।
विराटनगर सिटी फुटबल क्लब मोरङ माथि एक गोलको विरुद्ध चार गोलको सहज जित निकाल्दै हाटखोलाले सेमिफाइनलको यात्रा तय गरेको छ। फाइनल प्रवेशका लागि हाटखोलाले शुक्रवार तालतलैया फुटबल क्लब इटहरी सँग प्रतिस्पर्धा गर्नेछ ।
आजको खेलमा म्यान अफ द म्याच हाटखोलाका आकाश राई घोषित भए, उनले नगद ११ सय रुपैयाँ प्राप्त गरे ।
कोकाह फुटबल क्लबको आयोजनामा धार्मिक तथा पौराणिक रूपमा प्रसिद्ध कोकाह खोलाको किनारामा रहेको खेल मैदानमा जारी प्रतियोगिता अन्तर्गत बिहीबार फाइनल प्रबेशकालागि आयोजक कोकाह फुटबल क्लब र धरान-१६ फुटबल क्लब धरानका बिच खेल हुने आयोजक क्लबका अध्यक्ष प्रवीण श्रेष्ठले बताए ।
        
                    
        
                                        
                                                                                                
        
                
                
        
        
















        
        
















































