इटहरी : नेपाली कांग्रेस कोशी कार्यसम्पादन समितिको बैठकले केदार कार्कीको समर्थनमा हस्ताक्षर गरेका सांसदलाई समर्थन फिर्ता गर्न आग्रह गरेको छ । शुक्रवार विराटनगरमा बसेको बैठकले कार्कीको समर्थनमा रहेका ८ जना माननीयलाई आग्रह गरेको हो ।

कोशी प्रदेश संसदीय दललाई केन्द्रीय गठबन्धनको निर्णय कार्यनयनमा आग्रह गर्दै प्रदेश सांसदलाई एकताबद्ध हुन अनुरोध गरेको सभापति उद्धव थापाले बताए । उनका अनुसार केन्द्रीय नेतृत्व बाट आएको निर्देशनको कार्यनयन पालना गर्ने अधिकार प्रदेश पदाधिकारीलाई जिम्मेवारी दिने निर्णय भएको छ ।

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्कीले केन्द्रीय गठबन्धनको निर्णय विपरीत नेकपा एमालेको समर्थनमा दाबी पेस गरेका छन् । बिहीबार प्रदेश प्रमुख समक्ष कार्कीले दाबी पेस गरेका हुन् । गठबन्धनले माओवादी केन्द्रका सांसद इन्द्र बहादुर आङ्बोलाई समर्थन गर्ने निर्णय गरेको थियो । आङ्बोले कार्कीलाई समर्थन गर्ने सांसदको हस्ताक्षर सहित दाबी पेस गरेका छन् ।