वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका चक्रघट्टी स्थित लायन्स क्लब अफ सप्तकोसी डाईनामिक को अध्यक्षमा दुर्गा नन्द दास (विक्रम) चयन भएका छन् ।

शनिवार सम्पन्न शाखा साधारण सभाबाट अध्यक्षमा संस्थापक प्रथम उपाध्यक्षमा दुर्गा नन्द दास चयन भएका हुन् ।

संस्थापक अध्यक्ष सन्तोष चौलागाईको सभाध्यक्षतामा आयोजना भएको कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेश सभाका सदस्य माननीय सदानन्द मण्डल रहेका थिए ।

चक्रघट्टिमा शनिवार औपचारिक कार्यक्रम गरी अध्यक्षमा दुर्गानन्द दासले पदभार समेत ग्रहण गरेका छन् ।  क्लबमा प्रथम उपाध्यक्षमा सुजित राय उपाध्यक्षमा दिपान्जली बस्नेत, महासचिवमा अस्वन यादव, कोषाध्यक्षमा मौसम न्यौपाने गरी २१ जना सदस्यहरू रहेका छन् ।

कार्यक्रममा लायन्सका डिष्टिक गभर्नर विजय हरि शर्मा, निवर्तमान डिष्टिक गभर्नर धिरज गुरुङ, प्रथम उपाध्यक्ष विकास अधिकारी, उपाध्यक्ष बबरजंग थापा, वडा नं.५ का अध्यक्ष रोहित काफ्ले, वडा नं ७ का अध्यक्ष कपिल आचार्य, वडा नं १० का अध्यक्ष तेजबहादुर गुरुङ, रेडक्रश सोसाइटी महेन्द्रनगरका सचिव पदम माझीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा क्लबलाई सहयोग गर्ने सहयोगी संस्था र बर्सभर उत्कृष्ट काम गर्ने क्लबका पदाधिकारी र सदस्यलाई सम्मान समेत गरिएको थियो ।