धरान : चाडपर्वको बेला धरानमा हुने साङ्गीतिक रौनक हराएकोले द फ्लो फ्याक्ट्रीले फूलपातीको दिन हिपहप फेस्ट क्रु आयोजना गर्ने भएको छ ।
फ्याक्ट्रीका फाउन्डर, डिजे डबल-बि सरल उदासले मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिँदै भने ‘धरानमा साँझ ९ बज्न साथ होटेल, रेस्टुरेन्ट बन्द गरिँदा डिजे र हिपहप कलाकारले कलाहरू लुकाउनु परेको छ ।’
मध्यरातसम्म हुने मनोरञ्जन र सङ्गीतको माहौल बन्द भएकाले डिजेहरूको रोजीरोटी समेत बन्द भएको उनको भनाई छ । उनले भने ‘यस्तो समयमा कलालाई ब्युँताउन धरानमा हिपहप फेस्टु आयोजना गर्न लागिएको हो ।’
मानिसले दिनभरिको कामको थकाई मेटाउन सङ्गीतको मनोरञ्जन लिन्छन् । तर मनोरञ्जन लिने बेलामा धरानमा भने होटलहरु नै बन्द गर्नुपर्ने नियम दुर्भाग्यपूर्ण भएको उनको भनाई छ ।
हिपहप फेस्ट धरान-५ स्थित भिन्टेज फेमिली रिसोर्टमा हुने भएको छ । फेस्टमा नेपाली बबमार्ली गङ्गा वरदान, निर्णय एनएस के, सुनिता ल््यामगड, सिद्ध वाग्ले, कवि जी, योङ हस्लर, सिड वाग्ले, एम पोइन्ट, विश्वदीप, राइम फ्रेक लगायत द फ्लो फ्याक्ट्रीका कलाकारहरूले हिपहप प्रस्तुति दिनेछन् ।
फ्याक्ट्रीका प्रोड्युसर सागर क्षेत्रीले भने ‘उक्त कार्यक्रममा डिजे डब्लु डी सरल उदासको बेजोड प्रस्तुति हुनेछ ।’
फेस्ट्मा कल्चरल थिम सहित बी बोइङ, बि गर्लिङ, बिटबक्स, ग्राफिटी आर्ट, ब्रेकिङ लगायतका हिपहपका जनरहरु प्रस्तुति हुनेछ । साथै डान्स सहित हिपहपका २० भन्दा बढी प्रस्तुति हुने तयारी गरिएको उदासले बताए ।
हिपहपमा केही नयाँ काम गर्ने अठोटका साथ एक महिना अघि मात्र धराने ६ जना युवा समूहले द फ्लो फ्याक्ट्री स्थापना गरेका हुन । फ्याक्ट्रीका सद्स्यहरु सागर छेत्री, क्षितिज राई, आयुष राई, विश्वदीप बज्राचार्य, मनिष गुरुङ र ब्राइन्ड श्रेष्ठ रहेका छन् ।
फेस्टको टिकट दर सिङ्गल टिकट ३ सय, कपल ५ सय र भिआइपी १ हजार रहेको बताइएको छ ।
 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
                 
                 
                 
                 
                 
         
        
















 
         
        

















































 
         
         
        