धरान : नेपालीहरूको महान् चाड विजया दशमी अर्थात् दशैंको आज चौथो दिन । आश्विनशुक्ल प्रतिपदादेखि सुरु हुने दशैं १५ दिन अर्थात् कोजाग्रत पूर्णिमा सम्म मनाइन्छ । नवरात्री सुरु भएसँगै देशभरका धार्मिक शक्तिपिठ देवी-देवालयहरूमा भक्तजनको भीड लागेको छ ।

यसपालि धरानमा सुरक्षाको निहुँमा प्रहरी, प्रशासन, मन्दिर व्यवस्थापनले प्रमुख धार्मिक स्थलहरू बिहान ५ बजे भन्दा अघि नखोल्ने निर्णय गरेकाले दर्शनार्थीका सङ्ख्या घटेको देखिएको छ । अघिल्ला वर्षहरूमा नवरात्रका दिनहरूमा प्रातः ३ बजे देखी मन्दिरहरूमा श्रद्धालुको मेला नै लाग्ने गरेको थियो ।

पूर्वको प्रमुख शक्तिपिठ धरानको दन्तकाली मन्दिर सहित बुढासुब्बा, पिण्डेश्वरमा गत वर्षको तुलनामा दर्शनार्थीको सङ्ख्यामा कमी आए पनि महाअष्टमी र महानवमीका दिन शक्ति पीठमा पूजाआराधना गर्ने भक्तजनको भीड हुने मन्दिरका पुजारीहरूले बताए ।

दुर्गाको प्रतीकका रूपमा घटस्थापनादेखि महानवमी सम्म हरेक दिन छुट्टाछुट्टै नव कन्याको पूजा गरिन्छ । शास्त्र अनुसार यसरी पूजा गर्ने कन्याको उमेर दुई वर्षभन्दा माथि हुनुपर्छ । दशैंको सातौँ दिन धार्मिक परम्परा अनुसार फूलपाती भित्र्याउने, महाअष्टमी र महानवमीका दिन बली पूजा गर्नेहरूले दशैंघर, कोत र शक्ति पीठमा बलि सहित विशेष पूजा गरिन्छ ।

dashain-Kapuri-sumitKapuri Dashain  (1)dashain-summit-photoKapuri Dashain  (4)Kapuri Dashain  (3)