धरानः स्थानिय सरकार धरान उपमहानगरपालिकाले धरानका खोलाहरूबाट ढुङ्गा, गिट्टी, बालुवा निकाल्न ठेक्का वैध ठेक्का नलगाए पनि अवैध उत्खनन, चोरी निकासी रोकिएको छैन ।

धरानका खोला दोहन नियन्त्रण गर्न इलाका प्रहरी कार्यालय धरानले ९ महिनाको अवधिमा भएका १९ वटा घट्नामा सर्दु, सेउती, निशाने लगायत खोलाबाट ट्याक्टर, टिप्पर पक्राउ गरी कारबाही गरेको छ ।

इलाका प्रहरी प्रमुख डिएसपी नवराज मल्लका अनुसार उक्त अवधिमा जरिवाना स्वरूप २ लाख ५७ हजार ५ सय रुपैयाँ बराबर राजश्व सङ्कलन गरेको छ । उक्त कारबाही इलाका प्रहरीमा मल्ल सरुवा भइआएका ९ महिनाको कार्यावधीमा गरिएको कारबाही हो।

गतः शनिवार पत्रकारहरू सँग कुराकानी गर्दै डिएसपी मल्लाले भने ‘इलाका प्रहरीमा आएको १९ वटा ठाडो निवेदनलाई आधार मानेर कारबाही गरिएको हो ।’ धरानका विभिन्न खोलाबाट भइरहेका ढुङ्गा, गिटी बालुवा चोरी निकासीमा संलग्न ट्याक्टर टिफर पक्राउ त्यसका धनीलाई जरिवाना गराइएको उनले बताएका हुन ।

उनका अनुसार खोलाहरूमा अवैध उत्खननमा संलग्न पक्राउ गरिएका ट्याक्टर टिप्परलाई जरिवाना तिराई छोडिएको र मजदुर र मालिकलाई इलाकामा झिकाई सम्झाई बुझाई गरेको इलाका आइन्दा फेरी अवैध कार्य नदोहोरिने लिखित प्रतिबद्धता गराउने गरिएको छ ।

डिएसपी नवराज मल्लले २०७९ फागुन १ गते इलाका प्रहरी कार्यालय धरानमा सरुवा भई जिम्मेवारी सम्हालेका थिए । उनले आए यता २०८० असोज ३० गते सम्म कुल ४५८ ठाडो निवेदन इलाका प्रहरीको उजुरी तथा छानबिन शाखामा दर्ता भएको छ ।

हाल सम्म दर्ता भएको निवेदन मध्ये ३२० वटा निवेदन फर्स्यौट भएको छ । ३८ वटा कार्य निवेदनमा अनुसन्धानका कार्य भइरहेको डिएसपी मल्लले बताएका छन् । उजुरी शाखाले दिएको जानकारी अनुसार दर्ता भएको ४५८ निवेदन मध्ये २५ वटा लागुऔषध दुव्र्यन सुधार केन्द्रमा पठाइएका छन् ।