धरान : सरकारी कार्यालयहरू आज (विहिबार)बाट दिउसो ४ बजेसम्म मात्रै खुल्ने भएका छन् ।

सरकारले कात्तिक १६ देखि माघ १५ गतेसम्म सरकारी कार्यालयहरू बिहान १० देखि अपरान्ह ४ बजेसम्म मात्रै सञ्चालनको समय तय गरेको हो ।

चिसो र दिन छोटो हुने भएकाले हरेक वर्ष यी ३ महिना सरकारी कार्यालय समय ६ घण्टा मात्रै तय हुने गरेको छ ।

शुक्रबारको दिन भने ३ बजेसम्म कार्यालय समय कायम रहने हुनेछ । माघ १६ देखि भने सरकारी कार्यालयहरु बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म नै कार्यालय खुल्ने छन् ।

Mudran Bibhag