धरान : गाउँ टोलमा चोरी, घरेलु हतियार प्रयोग गरी हुने झैँझगडा, किशोर, युवामा देखिने लागुऔषध दुर्व्यसनलाई नियन्त्रण गरी शान्ति सुरक्षा कायम गर्न धरानमा समुदाय प्रहरी साझेदारी कार्यक्रमले स्थानीय समुदायको सहभागितामा टोल सुरक्षा समिति गठन गर्न थालेको छ ।
धरान-१५ का अगुवा सामाजिक अभियन्ता लोकराज निरौलाका अनुसार उक्त वडाको नमुना श्रुति मार्ग टोल विकास संस्थाको आयोजनामा गत: सोमवार भएको भेलाले प्रेमकुमारी राईको अध्यक्षतामा १९ सदस्यीय नमुना श्रुति मार्ग टोल समितिको गठन गरेको छ ।
समितिको उपाध्यक्षमा विनोद खवास, सचिवमा दीपक राई, सह-सचिवमा विष्णु श्रेष्ठ, कोषाध्यक्षमा उर्मिला लिम्बू छन् । सदस्यहरूमा बिनु लिम्बू, टिकाराम ठटाल, लक्ष्मी विक, भीमप्रकाश विक, विष्णुमाया राई, लक्ष्मी विक, वसन्त पालुङवा राई, छन्जुना बुढाथोकी, शम्भु राई, विद्या देवान, विनीता विक, इन्द्र कुमारी राई, उषा परियार, आनन्दी राई र विमला राई छन् ।
यसअघि कात्तिक २० गते धरान-१५ नीराजन टोल विकास संस्थाको भेलाले भीम बहादुर लिम्बूको अध्यक्षतामा १३ सदस्यीय नीराजन टोल सुरक्षा समितिको गठन गरेको छ । समितिको उपाध्यायमा नर बहादुर लिङथेप, सचिवमा रेवत श्रेष्ठ, सह-सचिवमा धनमाया विक, कोषाध्यक्षमा लक्ष्मी कार्की रहेका छन् ।
सहदस्यहरुमा एरिस लिम्बू, कमल विक, बल बहादुर विक, अन्जना राई, श्याम प्रसाद राई, अमित सुब्बा, सनिता लिम्बू, पर्शुराम थापा छन् । नीराजन टोल विकास संस्थाका अध्यक्ष कैलाश राईको सभापतित्वमा भएको भेलामा प्रमुख अतिथि वडा सुरक्षा समितिका अध्यक्ष रमेश जगमेर थिए ।
यसअघि वडा-१५ मा स्थानीय समुदाय स्तरमा समाजसेवी रमेश गजमेरको अध्यक्षतामा वडा स्तरीय सुरक्षा समिति गठन भएको थियो । वडा सुरक्षा समितिको अगुवाइ र स्थानीय प्रहरीको सहकार्यमा टोल टोलमा सुरक्षा समिति गठन गर्न थालिएको हो ।
धरान-१५ प्रहरी पोष्ट इन्चार्ज सहायक निरीक्षक नन्दलाल चौधरीका अनुसार नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत स्थानीय प्रहरीले समाजमा शान्ति सुरक्षा, लागुऔषध दुर्व्यसन अपराधजन्य क्रियाकलाप नियन्त्रण, न्यूनीकरणका लागि समुदाय स्तरमै सम्पर्क र समन्वय गर्न टोल टोलमा सुरक्षा समिति गठनको अभियानलाई तीव्रता दिएको छ ।
टोल सुरक्षा समिति गठनको अभियानमा वडा १५ का अध्यक्ष नरेश इङवारम सहित सामाजिक क्षेत्रका अगुवाहरू वडा स्तरीय सुरक्षा समितिका अध्यक्ष रमेश गजमेर, सुनसरी उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष गिरीधारी सापकोटा, सुवास खवास, लोकराज निरौला, टेक बहादुर लिम्बू, डाकमान राई, दिलकुमारी राई, कैलाश राई, राजेन्द्र दर्नाल, रत्नकुमार नेम्बाङको सक्रिय सहभागिता रहेको छ ।
वडाका अगुवाहरूले टोला सुरक्षा समिति गठनको भोलाहरूमा समुदाय स्तरमा गठन भएको समितिहरूको औचित्यमा प्रकाश पारेका थिए । उनीहरूले टोलहरूका शान्ति सुरक्षा नाजुक रहेको र बाहिरबाट आउने युवाहरूले स्थानीय युवाहरूलाई लागूऔषधको कुलतमा फसाउँदै गएकोले जोखिम बढेको बताए ।
यस्तो अवस्थाको विरोधमा बोल्दा उछृङखल युवाहरूले भौतिक आक्रमण गर्न सक्ने सम्भावना रहेकाले टोलको सुव्यवस्थाका लागि प्रहरीको सहयोग लिन जरुरी भएको अगुवाहरूले बताएका छन् । प्रहरीको सहयोग लिन समुदायले प्रहरीलाई पनि सहयोग गर्नका लागि सामूहिक भूमिका निर्वाह गर्न सुरक्षा समिति गठन गरिएको अगुवाहरूको भनाई छ ।









































































