धरान : तिहारको गाईपुजाको दिन सोमवार राती सोनापुर स्थित प्रिमियम अर्गानिक बियर उद्योगका काम गरिरहेको अवस्थामा मेसिनले च्यापिएर मृत्यु भएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयले जनाए अनुसार मृत्यु हुनेमा खनारकै १८ वर्षीय प्रमोद सरदार हुन । उनको दुहबी-३ सोनापुर स्थित बियर फ्याक्ट्रीमा राती ५ बजेको समय काम गरिरहेको अवस्थामा मेसिनले च्यापिएर मृत्यु भएको हो ।

प्रहरी अनुसार मेसिन घुमाउने फित्तामा च्यापिएर सरदारको मृत्यु भएको हो । घट्नाको जानकारी पाउन साथ प्रहरी घटनास्थल पुग्दा सरदारको घटनास्थलमै मृत्यु भएको पाइएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा खटिएको इलाका प्रहरी कार्यालय दुहबीको प्रहरी टोलीले घटनास्थलको कानुनी प्रक्रिया पुरा गरी शवको विराटनगर स्थित कोशी अस्पतालमा पोस्टमार्टम गरिएको तथा घटनाको बारेमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।