धरान : पहिचान विरोधी केन्द्रीकृत एकात्मवादी विचार दिँदै आएका समूह, पार्टी केही व्यक्ति र झुन्डहरूको निजी स्वार्थ केन्द्रित भेलामा आदिवासी जनजाति समुदायहरू सहभागी नहुन प्रदेश १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले अपिल गरेको छ ।

लोकतान्त्रिक गणतन्त्रको विरुद्धमा कथित राजतन्त्र फर्काउने प्रोपगण्डा गर्दै आएका झापाका दुर्गा प्रसाईँको आव्हानमा मङ्सिर ७ गते काठमाण्डौमा वृहत् भेलाको प्रचार भइरहेको बेला संयुक्त सङ्घर्ष समितिद्वारा सोमवार जारी विज्ञप्ति मार्फत त्यस्तो कार्यक्रममा सहभागी नहुन आग्रह गरिएको हो ।

वक्तव्यमा भनिएको छ ‘राष्ट्रिय मुक्ति सङ्घीय गणतन्त्रात्मक राज्य व्यवस्थामा मात्र सम्भव हुन्छ ।’ त्यसैले मङ्सिर ७ गते गर्ने भनिएको प्रतिकृयावादीहरूको होस या पहिचान विरोधी केन्द्रीकृत एकात्मवादी विचार दिँदै आएका समूह, पार्टी, केही व्यक्तिहरूको झुन्डहरूको निजी स्वार्थ केन्द्रित भएको बताइएको छ ।

आदिवासी जानजाति समुदाय लगायत शिल्पी तथा अग्रगामी समुदायलाई त्यस्ता कार्यक्रममा सहभागी नहुन अपिल गर्दै विज्ञप्तिमा भनिएको छ ‘निजी स्वार्थ र अहङ्कारले भरिएका यी दुवै सोच र विचार राष्ट्रको लागि घातक छन् ।’

हामी देशमा स्थायी शान्ति, समृद्धि र समाजवाद स्थापित गर्दै साझा राष्ट्रियता निर्माणको लागि नयाँ सङ्घर्षको तयारीमा छौँ । हामीले उठाउँदै आएको सङ्घीयतामा पहिचानको मुद्दाबारे अध्ययन गरेर सङ्घर्षमा आबद्ध हुन प्रगतिशील जनतामा अपिल गर्दछौँ भनी वक्तव्यमा भनिएको छ ।

namangkan press bigyapti