धरान : नेपाली सेनाले सैन्य पददेखि विभिन्न ट्रेडका फलोअर्स पदहरूका लागि दरखास्त आह्वान गरेको छ।
सेनाले आजको (मङ्सिर ८ गते) गोरखापत्र दैनिकमा सूचना प्रकाशन गर्दै सैन्य पदमा ३ हजार जना र सूचिकार, सफाइकर्मी, चर्मकर्मी, लोहाकार, केशकर्तक, माली लगायतका पदमा ४१३ जना कर्मचारी मागेको हो।
देशका विभिन्न ब्यारेकहरूमा पदपूर्ति गर्नका लागी सेनाले ठुलो सङ्ख्यामा दर्खास्त आह्वान गरेको हो।
इच्छुक र योग्यता पुगेका व्यक्तिहरूलाई पुस ७ गतेसम्म निर्धारण गरिएको छ।
सैन्य पदका लागि नेपाली सेनाको आधिकारी वेबसाइटबाट अनलाइन दरखास्त फाराम भरी उम्मेदवार स्वयंले सो को हार्डकपी प्रिन्टआउट गरी तोकिएको भर्ना केन्द्रमा बुझाउने  वा उम्मेदवार स्वयंम भर्ना केन्द्रमा उपस्थित भई फाराम भर्ने र ट्रेडका फलोअर्स पदहरूका लागि उम्मेदवार स्वयम् भर्ना केन्द्रमा उपस्थित भई दरखास्त फाराम भर्नुपर्नेछ।
Nepali Sena