धरान : उद्योग वाणिज्य महासङ्घले मनाउँदै आएको राष्ट्रिय उद्योग दिवस शनिवार साँझ धरानमा पनि मनाइएको छ । सुनसरि उद्योग वाणिज्य सङ्घ परिसरमा दीप प्रज्वलन गर्दै ६२ औँ उद्योग दिवस मनाइएको हो।

सङ्घका अध्यक्ष विजय श्रेष्ठका अनुसार राष्ट्रिय उद्योग दिवस भव्य रूपमा मनाइँदै आएकोमा उद्योग, व्यवसाय निराशाजनक अवस्थामा गुज्रिरहेको अवस्थाले यसपालि सामान्य रूपमा मनाइएको छ ।

कोरोना काल र त्यस पछिको मन्दीले उद्योग धन्दा कलकारखाना व्यापार व्यवसायमा प्रत्यक्ष असर परेको उनले बताए । धरानका उद्योगी, व्यवसायीहरू भेलाका बिच उद्योग दिवस मनाइएको उनले बताए ।

यसै गरी राष्ट्रिय उद्योग दिवस नेपालका उद्योग वाणिज्य सङ्घहरूले एकै साथ शाखाहरूमा मनाएका छन् ।