धरान : इलामको माई नगरपालिका-३ का २५ वर्षीय सुदिप कुमार दनुवारलाई प्रहरीले लागूपदार्थ ब्राउनसुगर सहित सोमवार पक्राउ गरेको छ ।

ब्राउनसुगर बोकेर पैदल हिँडिरहेका दनुवारका बारेमा विशेष सूचना पाएका प्रहरीले चेकजाँच गर्दा उनको साथबाट २ ग्राम ३२० मिलिग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेको कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

पक्राउ गरिएका दनुवारको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।