वराहक्षेत्र : वराहक्षेत्र-६ निवासी बोनम्यारो क्यान्सर पीडित बालिका दिप्ती पौडेलको परिवारलाई सामाजिक संस्था लायन्स क्लब अफ सप्तकोशी डायनामिकले उपचारार्थ सहयोग रकम हस्तान्तरण गरेको छ ।

बुधवार बिहान बिरामीको घरमै पुगेका क्लबका पदाधिकारी तथा सदस्यहरूले बिरामीको स्वास्थ्य अवस्थाका विषयमा जानकारी लिँदै साथै बिरामीकी हजुरबुबा सुरेन्द्रमणि पौडेललाई नगद १२ हजार १ सय रुपैयाँ  हस्तान्तरण गरिएको क्लबका अध्यक्ष दुर्गानन्द दास (विक्रम) ले जानकारी दिए ।

बिरामीको अवस्था सुधारोन्मुख रहेको तर उपचारमा लाखौँ रकम खर्च हुने भएकाले परिवार श्रोतबाट मात्र उपचार गर्न सम्भव नभएकाले सबैले आफ्नो तर्फबाट यथाशक्य सहयोग गरी १५ महिने बालिका दिप्तीको प्राण रक्षा गरिदिन समेत लायन्स क्लबले सबैमा आग्रह गरेको छ ।