धरान : प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिको आव्हानमा भएको कोशी प्रदेश बन्दको दोस्रो दिन आज आइतबार बिहान धरान स्थित भानुचौकबाट प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्ने किरात याक्थुङ चुम्लुङकी केन्द्रीय सल्लाहकार चन्द्रमाया लिम्बु र जिल्ला सचिव शिव सुब्बा इस्वो भएको सङ्घर्ष समितिले जनाएको छ ।

बन्दको दोस्रो दिन आज बिहानै देखी सङ्घर्ष समितिका कार्यकर्ताहरूले भानुचौकको चारै नाका कब्जा गरेका छन् । सार्वजनिक यातायात टप्प छ । बजार क्षेत्रमा बाहेक भित्री भागमा मोटरसाइकल, ट्याम्पो जस्ता सवारी चलेका देखिन्छन् ।

संयुक्त सङ्घर्ष समितिको आव्हानमा कोशी नाम खारेजीको आन्दोलनमा विभिन्न जिल्लामा पक्राउ गरिएका ३५ जना पहिचानवादी कार्यकर्ता, नेताको बिनाशर्त रिहाइको माग गर्दै मङ्सिर ३० र पुस १ गते कोशी प्रदेशमा यातायात बन्द भएको हो ।