धरान : कोशी प्रदेश फुटबल सङ्घको आयोजनामा चलिरहेको प्रथम यु-१५ एन्फा प्रेसिडेन्ट कप फुटबलको सातौँ दिन मङ्गलवार भएको सेमिफाइनल खेलमा अल स्टार फुटबल क्लब धरान ३-१ गोलले राष्ट्रिय जागृति फुटबल क्लब सुनसरीलाई लाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।

धरान-१७ एन्फा टेक्निकल सेन्टरमा मङ्गलवार भएको सेमिफाइनल खेलमा अल स्टार फुटबल क्लबका लोकविक्रम कार्कीले पहिलो १ गोल गरे । दोस्रो १ गोल युकफुङ्ग लिम्बुले र तेस्रो १ गोल संयोग राईले गरे । उता राष्ट्रिय जागृतिका सुदिपकुमार श्रेष्ठको १ मात्र गोल गरे ।

खेलको म्यान अफ द म्याच अल स्टार फुटबल क्लबका गोलकिपर प्रवीण लिम्बू घोषित भए । उनलाई नगद पुरस्कार १ हजार प्रदान गरियो ।

पुस ६ गते सम्म चल्ने प्रतियोगिताको बुधवार हुने सेमिफाइनल खेलमा गाईघाट फुटबल क्लब उदयपुरका बारेमा निर्णय हुन बाँकी रहेकाले भोली बुधवार नै निर्णय हुने आयोजकले जनाएको छ ।

हिजो सोमवार भएको खेलमा म्यान अफ द म्याचको बारेमा निर्णायकको छनौटप्रति गाईघाट फुटबल क्लब उदयपुरले प्रोटेष्ट गरेकाले घोषणा भएको थिएन । खेलमा गाईघाट फुटबल क्लब उदयपुर ४-१ गोलले धरान फुटबल क्लबलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो ।

प्रतियोगिताका विजेतालाई ५० हजार नगद र उपविजेतालाई २५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिताका उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ र व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीले जनही २ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् । प्रत्येक दिनको खेलका म्यान अफ द म्याचले नगद १ हजार रुपैयाँ पाउनेछन् ।

koshi-anfa