धरान : मितेरी फुटसलले पुष १६ देखि २० गते सम्म अन्तर बडा मितेरी फुटसल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । 

प्रतियोगिताबाट सङ्कलित रकमले स्थानीय, राष्ट्रिय लिगमा सहभागी हुने फुटसल टिम तयार गर्न मितेरी फुटसल एकेडेमी सञ्चालन गरिने बुधवार पत्रकार सम्मेलनमा अध्यक्ष लुकेन्द्र राईले बताए ।

प्रतियोगीताका विजेतालाई ७० हजार नगद पुरस्कार र उपबिजेतालाई ३५ हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र  प्रदान गरिने छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी उत्कृष्ट गोलकिपर, हाइस्कोरर, उत्कृष्ट प्रशिक्षक, उदयमान खेलाडी र म्यान अफ द म्याच घोषणा गरिने छ । प्रतियोगितामा धरानका २० वटा वडाको  टिम सहभागी रहने छन् ।

अध्यक्ष राईका अनुसार २०७५ सालमा स्थापना भएको मितेरी फुटसलमा जिम हल पनि सञ्चालनमा छ । निकट भविष्यमा स्विमिङ पुल सहित क्याफे पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले बताए ।

धरानको खेलकुदमा योगदान पुर्‍याउन ५ वर्षदेखि मितेरी फुटसलले विभिन्न प्रतियोगिता आयोजना गर्दै आएका छ । कोरोना महामारीका कारण लामो समय लकडाउन हुँदा योजना अनुसार काम गर्न नसके पनि च्यारिटेवल प्रतियोगिता सञ्चालन गर्दै आएको अध्यक्ष राईले जानकारी दिए ।