धरान : नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) पुर्वान्चल शाखाको ४औँ अधिवेशनले हेम जीवन निरौलाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

अधिवेशनबाट हेम जीवन निरौला (रवीन्द्र) अध्यक्ष, दुर्लभ कार्की सचिव सहितको ९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको निर्वतमान अध्यक्ष प्रकाश लकान्द्रीले जानकारी दिए ।

शाखाको उपाध्यक्षमा रवि कुमार गुप्ता, सचिवमा दुर्लभ कार्की, कोषाध्यक्षमा गोपाल निरौला निर्वाचित भएका छन् ।  अन्य पदहरूमा सर्वसम्मत भएपनी अध्यक्ष, सचिव र कोषाध्यक्षमा भने निर्वाचन भएको उनले जानकारी दिए । त्यसैगरी सदस्यहरूमा जुगल कुमार चौधरी, यादव पौड्याल, कनक यादव, कविता पौड्याल पाण्डे निर्वाचित भएको लकान्द्रीले बताए ।

कार्यक्रमको प्रमुख आतिथ्य इक्यान केन्द्रीय समितिका अध्यक्ष शेषराज भट्टराईले गरेका थिए भने विशिष्ट अतिथिको रूपमा महासचिव दीपकराज भुसाल, सल्लाहकार विष्णु पोखरेल, सचिव भवनाथ हुमागाईँ कोषाध्यक्ष आशिष् कार्की, नेपाल विज्ञापन बोर्डका सदस्य पवन अधिकारी, नेपाल प्रेस युनियन कोशी प्रदेशका महासचिव सञ्जीव वाग्ले लगायतको उपस्थिति रहेको थियो ।

अधिवेशनमा पूर्वाञ्चल शाखाका प्रमुख सल्लाहकार कमल तिम्सिना र पूर्वाञ्चल शाखाकै संस्थापक अध्यक्ष रोशन शर्मा निरौलालाई सम्मान गरिएको थियो । 

अधिवेशन धरानको होटेल गजुर प्यालेसमा सम्पन्न भएको थियो ।