धरान : धरान उपमहानगरपालिकाको नगर प्रमुखको कार्यकक्षमा राखिएको नेपालका राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएर नगर प्रमुख हर्क साम्पाङले ‘यलम्बर’को फोटो राखेका छन् ।

आज बिहीबार उनी कार्यालयमा आएपछि राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दहालको तस्बिर हटाउने पहिलो काम गरेका हुन् ।

दुवै तस्बिर हटाएर उनले ‘यलम्बर’को तस्बिर टाँगेका छन् । यसअघि उनले सामाजिक सञ्जालमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएर यलम्बरको तस्बिर राख्ने स्ट्याटस राखेका थिए ।