धरान : नेपाल पुलिस स्कुलले धरानमा आयोजित अन्तरस्कुल हाजिरी जवाफ प्रतियोगिता विजेताको उपाधि हासिल गरेको छ । 
शनिवार भएको फाइनल चरणमा पुलिस स्कुलले प्रथम स्थानमा रही हिबिस्कस क्विज मेनिया सिजन-२ को उपाधि हासिल गरेको हो । प्रतियोगिता हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान-१५ ले आयोजना गरेको हो ।
उपाधिसँगै पुलिस स्कुलले नगद १२ हजार, ट्रफि मेडल र प्रमाण पत्र हात पारेको छ । प्रतियोगितामा पब्लिक हाई स्कुल दोस्रो स्थानमा रह्यो । पब्लिकले नगद १० हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
प्रतियोगिता वराहक्षेत्र स्थित जीवन ज्योति मावि तेस्रो स्थानमा रह्यो । जीवन ज्योतिले नगद ८ हजार मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो । प्रतियोगितामा चन्द्र संस्कृत मावि धरान चौथो स्थानमा रह्यो । चन्द्र संस्कृतले नगद ६ हजार प्रमाणपत्र प्राप्त गर्‍यो ।
प्रतियोगितामा हिमालयन वोडिङ स्कुल पाँचौँ स्थानमा रह्यो । हिमालयनले नगद ४ हजार प्रमाणपत्र प्राप्त गर्‍यो । सरस्वती मावि पानवारीले सान्त्वना पुरस्कार नगद २ हजार प्रमाणपत्र प्राप्त गर्‍यो ।
विजेताहरूलाई धरान उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गणेश प्रसाद खतिवडा, एन प्याब्सन सुनसरीका अध्यक्ष युवा राई, पत्रकार देवेन्द्र कार्की, प्रमुख निर्णायक नउदिप साह, निर्णायक सुरेश रेग्मीले पुरस्कार प्रदान गरे ।
यस वर्षबाट विजेतालाई रनिङ कप प्रदान गरिएको स्कुलका सल्लाहकार पवन झाले जानकारी बताए । प्रतियोगितामा धरानका ३० वराहक्षेत्रबाट १ सहित ३१ विद्यालय सहभागी थियो । शुक्रवार भएको छनोट चरणबाट ६ विद्यालय उत्कृष्ट ६ मा परेका थिए ।
स्कुलका प्रबन्ध निर्देशक गङ्गाराम कुलुङको सभापतित्वमा भएको प्रतियोगितामा उनले आगामी बर्सहरूमा पनि प्रतियोगीतालाई निरन्तरता दिइने बताए । सहजीकरण शिक्षक नयन राईले गरेका थिए ।
winner-police-school