इटहरी : सुन्दरहरैंचाको बिराटचोकमा सोमबार बिहान मृत हात्ती फेला परेको छ। मोरङको सुन्दरहरैँचा नगरपालिका १० जनजागरण सामुदायिक वनभित्र हात्ती मृत अवस्थामा फेला परेको हो ।

सब डिभिजन वन कार्यालय सलकपुर प्रमुख लालबहादुर माझीका अनुसार हात्तीलाई गोली हानी हत्या गरिएको हुन सक्ने बताए । हात्तीको पुच्छर गायब भएको बताउँदै उनले हात्तीको मृत्यु अस्वाभाविक भएको जानकारी दिए । देब्रे खुट्टाभन्दा माथि र घाँटी नजिक गोलीले छेडेको प्वाल देखिएको माझिको भनाइ छ ।

कोशी टप्पु वन्यजन्तु आरक्षबाट वन्यजन्तु विज्ञको टोली हात्ती मृत्यु भएको स्थानमा पुगेको छ । विज्ञ टोलीले पोस्टमार्टम गरेपछि दाहसंस्कार गरिने भएको छ ।

hatti hatya 2

hatti hatya 3