वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका-२ जब्दीमा रहेको जलदेवी आधारभूत विद्यालयले विपन्न तथा न्यून आय भएका ७१ जना विद्यार्थीहरूलाई जाडोको लागि न्यानो कपडा सुइटर वितरण गरेको छ ।
आज शुक्रवार विद्यालयले एक कार्यक्रम मार्फत उक्त न्यानो कपडा वितरण गरेको विद्यालयका प्रधानाध्यापक नरकुमार राईले जानकारी दिए ।
प्रधानाध्यापक राईका अनुसार धेरै जसो गरिब निम्न आय भएका विद्यार्थी अध्ययन गर्ने भएकाले विद्यार्थीहरूको लागि भनेर विद्यालयका संस्थापक मानसुर राईको स्मृतिमा श्रीमती गौमाया राईले ५० हजार, वसुन्धरा न्यौपानेको स्मृतिमा छोरा केशव न्यौपानेद्वारा ५० हजार स्थानीय ज्येष्ठ नागरिक देवीमाया बस्नेतले २५ हजार गरी जम्मा १ लाख २५ हजार बराबरको अक्षय कोष स्थापना गरेर त्यसको वार्षिक ब्याजबाट प्राप्त रकमले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिँदै आएको छ ।
अक्षयकोषको रकम बाहेक अमेरिकामा बस्दै आएकी सबिता गुभाजुले उक्त विद्यालयमा अध्ययनरत अति विपन्न तथा न्यून आय भएका विद्यार्थीका लागि २७ थान सुइटर उपलब्ध गराएकी थिइन् । त्यसैगरी विद्यालय व्यवस्थापन समिति अध्यक्ष तेज बहादुर कार्की, शिक्षक अभिभावक सङ्घका अध्यक्ष धन बहादुर लिम्बू, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरि कुमार श्रेष्ठ, विद्यालयकी शिक्षिका निर्मता सुवेदी र स्थानीय जनप्रतिनिधि झप्पड बहादुर कटवाल सहितको सहयोगमा विद्यालयका जम्मा ७१ जना अति निम्न वर्गीय विद्यार्थीहरूलाई न्यानो कपडा सुइटर वितरण गरेको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेज बहादुर कार्कीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा शिक्षक अभिभावक सङ्घका अध्यक्ष घन बहादुर लिम्बू, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरि बहादुर श्रेष्ठ, शिक्षक अभिभावक सङ्घका पदाधिकारीहरू, शिक्षक,अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
         
        
















 
         
        

















































 
         
         
        