धरान : किरातकालीन येले संवतको नयाँ वर्ष ५०८४ को अवसरमा माघ १ गते तेस्रो यलो दोङ थ्री वाइ थ्री खुला महिला पुरुष बास्केटबल प्रतियोगिता हुने भएको छ ।

धरान बास्केटबल सङ्घको आयोजना, किरात राई यायोक्खा सुनसरीको सहयोगमा प्रतियोगिता हुन लगेको हो । माघ १ गते देखि येले संवतको नयाँ वर्ष ५०८४ मा प्रारम्भ हुनेछ ।

प्रतियोगिताका महिला पुरुष विजेताले नगद १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपबिजेताले नगद ५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी एमभिपी अवार्ड विजेताले नगद दुई हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने  अध्यक्ष सुबेदीले बताए । प्रतियोगितामा धरान र आसपासका क्षेत्र बाट दुई दर्जन टिम सहभागी हुनेछन् । प्रतियोगितामा प्राविधिक सहयोग सुनसरी बास्केटबल सङ्घले गर्ने बताइएको छ ।