विराटनगर : निराशा, हताश मनस्थितिबाट हुने डिप्रेसनले आत्महत्याको नकारात्मक अवस्था सम्म पुर्याउने स्थितिमा मानिसलाई सचेतना मूलक सामाग्री सञ्चार माध्यममा प्रचार गर्न सके सकारात्मक प्रभाव पार्न सक्ने ‘सिर्जना’ नामक सार्वजनिक हितका लागि तयारी गरिएको पिएसए विमोचनका अवसरमा बताइएको छ ।

कोशी प्रदेश प्रहरी प्रमुख नायव महानिरीक्षक राजेशनाथ बास्तोला र विराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले ‘सिर्जना’ नामक सार्वजनिक हितको सन्देश मूलक डिजिटल सामाग्री शुक्रवार संयुक्त विमोचन गरेका हुन । समारोहमा डिआइजी बास्तोलाले कोशी प्रदेशमा आत्महत्याको दर उच्च भएको बताए ।

त्यसको न्यूनीकरणका लागी डा. ज्ञानेन्द्र मानसिंहबाट सचेतनामूलक पिएसए भिडियो निर्माण गरी प्रदेश प्रहरीलाई प्रदान गरेकोमा धन्यवाद दिए । उनले भने ‘समुदाय प्रहरी साझेदारी कार्यक्रममा सचेतनाको लागि टोल टोलमा भिडियो प्रदर्शन गरिने छ ।’

डा. कार्कीले डिप्रेसन र आत्महत्या न्यूनीकरणमा ‘सिर्जना’ले सचेतना प्रवाह गरी प्रभावकारी भूमिका खेल्न सक्ने विश्वास व्यक्त गरे । जनताको सुरक्षामा अहोरात्र खटिने प्रहरी र उनका परिवारका लागि विराट मेडिकल कलेज उपचार सेवा उपलब्ध गराउन तयार रहेको बताए ।

उक्त सामाग्री विराट मेडिकल कलेजको सहकार्यमा निर्माण गरिएको हो । प्रदेश प्रहरीको वार्षिक प्रतिवेदनमा गएको आर्थिक वर्षमा कोशी प्रदेशमा आत्महत्याका घट्नाको सङ्ख्या १५०० रहेको उल्लेख छ ।

विमोचन कार्यक्रममा विमोचन कार्यक्रममा प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक राजन अधिकारी, प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा लगायत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरूको उपस्थिति थियो ।