इटहरी : नेपाली काँग्रेस निकट आदिवासी जनजाति महासङ्घ इटहरी उपमहानगर समितिको अधिवेशन सम्पन्न भएको छ । शनिवार नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ इटहरीको प्रथम नगर अधिवेशन सम्पन्न भएको हो ।

इटहरीको इम्पेरियल बेन्क्वीटमा सम्पन्न अधिवेशनले जीवन राईलाई पुनः सर्वसम्मत अध्यक्ष चयन गरेको छ । निर्वाचन समिति संयोजन वासुदेव कर्णका अनुसार राईको नेतृत्वमा १० सदस्यीय समिति सर्वसम्मत रूपमा चयन भएको हो ।

उपाध्यक्षमा सृजना राई र वीरेन्द्र चौधरी, सचिवमा सोमिता राई र प्रेम चौधरी, सहसचिव दलबहादुर तामाङ र मञ्जु श्रेष्ठ सर्वसम्मत भएका छन् । त्यस्तै सदस्यहरूमा रेणुका श्रेष्ठ, शान्ता राई र एलीना चौधरी चयन भएका हुन् । निर्वाचित समितिले आजै पदभार ग्रहण गरेको छ ।