धरान : धरान आदर्श कलेजको आइतबार देखी सुरु भएको खेलकुद सप्ताहको तेस्रो दिन आज पनि जारी छ । खेलकुद सप्ताहको उद्घाटन कलेज सञ्चालक प्रमुख सुनिता न्यौपानेले गरेकी हुन् ।

सप्ताहव्यापी खेलकुद प्रतियोगितामा कुल २१ वटा खेलहरूमा विद्यार्थीहरूले प्रतिस्पर्धा गरिरहेको कलेजका प्रिन्सिपल लोकेन्द्र श्रेष्ठले बताए । उनका अनुसार सबै खेलकुदका नतिजा समापनको अवसरमा सार्वजनिक गर्दै विजयी विद्यार्थीलाई समापनको अवसरमा पुरस्कार प्रदान गरिने छ ।

सप्ताहव्यापी खेलमा बास्केटबल, भलिबल, फुटबल, एथलेटिक्स, टेबल टेनिस, सटपुट, क्रिकेट, दौड लगायतका खेलहरू खेलाइरहेको बताइएको छ ।