वराहक्षेत्र : सुनसरीको वराहक्षेत्र नगरपालिका वडा ८ शुक्रबारे स्थित जनता आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो कपडा  (ट्र्याक सुट) वितरण गरिएको छ ।
वडा नं ८ को कार्यालयले वालशिक्षा देखि कक्षा ७ सम्म अध्ययनरत ८३ जना विद्यार्थीहरूलाई एक सेट न्यानो कपडाको रूपमा ट्र्याक सुट वितरण गरिएको हो ।
उक्त न्यानो कपडा आज शुक्रवार विद्यालयमा पुगेर वडाध्यक्ष रोशन खड्का, शिक्षा अधिकृत उत्तम भारती, वडा सचिव गङ्गा लिम्बू तथा वडाका सदस्य नबिना विश्वकर्मा, सुरेन्द्र राजधामि, तुलसा राई, देवनारायण मोचेले विद्यार्थीहरूलाई वितरण गरेका थिए ।
प्राय विपन्न परिवारका विद्यार्थीहरू पढ्ने विद्यालयमा वडा कार्यालय न्यानो कपडाले विद्यार्थीहरूलाई राहत मिलेको प्रधानाध्यापक बिरबहादुर बस्नेत बताए । यसले विद्यार्थीहरू नियमित विद्यालय आउन सहयोग मिल्ने उनको भनाई थियो ।
 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
         
        
















 
         
        

















































 
         
         
        