धरान : आफै उद्यमी बनेर आत्मनिर्भर बन्न चाहने महिलाहरूले धरानमा ऊनको सामाग्री बनाउने शिपमुलक तालिम पाएका छन् ।

कोशी प्रदेशका ४५ जना उद्यमशील महिलाहरूले १५ दिने तालिम पाएका हुन । तालिम नेपाल उद्यमशील महिला महासङ्घको आयोजना सञ्चालन भएको हो ।

सुनसरी उद्योग वाणिज्य सङ्घको हलमा माघ ३ देखि १७ गते सम्म तालिम सञ्चालित तालिम बुधवार तालिमको समापन भएको छ ।

समापनमा प्रमुख अतिथि प्रदेश सभा सदस्य रमेश बस्नेतले महिलाहरूलाई उद्यमशील सक्षम र सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । स्थानीय बजारमा पाइने कच्चापदार्थलाई व्यवसायीकरण गरी महिला उद्यमीहरूको ठुलो हात रहेको उनको भनाई छ ।

तालिममा कोशी प्रदेशको विभिन्न जिल्लाका ४५ महिला सहभागी थिए । तालिममा काठमाण्डौमा ऊनको सामाग्री व्यापार व्यवसाय गर्दै आएकी मुख्य प्रशिक्षक गोमा कुमारी लामा, सहायक प्रशिक्षक उषा कुमारी थापा रोकायाले प्रशिक्षण दिएका थिए ।

समापनमा महिला सञ्जालकी पूर्व अध्यक्ष चेतना श्रेङ, सुनसरी उद्योग वाणिज्य सङ्घका सदस्य विष्णु बराल लगायतको उपस्थिति थियो । 

सभापतित्व नेपाल उद्यमशील महिला महासङ्घ केन्द्रीय अध्यक्ष राधा कार्कीले गरेकी थिइन् । सञ्चालन महासचिव मञ्जु पराजुलीले गरेको थिइन् ।