धरान : दोस्रो पटक मिराकल ओपन बास्केटबल प्रतियोगिताको तयारी पुरा भएको छ । भोली शनिवार हुने प्रतियोगितामा यसपालि २२ टिम सहभागी हुने निश्चित भएको छ ।

मिराकल बास्केटबल क्लबको आयोजनामा हुने प्रतियोगितामा यसपालि धरान, बिर्तामोड र तरहराका  बास्केटबल टिमहरू बिच प्रतिस्पर्धा हुन अध्यक्ष योक राईले बताए । क्लबले गत साल देखि प्रतियोगिता आयोजना गर्न सुरु गरेको हो ।

धरान रङ्गशाला स्थित इण्डोर बास्केटबल कोर्टमा हुने प्रतियोगितामा धरान बास्केटबल सङ्घ र सुनसरी बास्केटबल सङ्घको सहयोगमा हुन लागेको बताइएको छ । 

प्रतियोगिताका विजेताले नगद १० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

उपविजेताले नगद ५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उत्कृष्ट खेलाडी एमभिपिलाई ट्रफि र प्रमाणपत्र प्रदान गरिने छ ।