धरान : तेस्रो अशोक वास्फोर स्मृति बास्केटबल प्रतियोगिताको तेस्रो चौथो दिन मङ्गलवार भएको खेलमा विराटनगर, ब्रर्दश, बिर्तामोड, मिराकल, इमोर्टल र यलम्बर क्लब विजयी भएको छ ।

लिग कम नकाउटको आधारमा भएको प्रतियोगिताको मङ्गलवार भएको खेलमा विराटनगरले इटहरीलाई ४०-३३, ब्रर्दशले रेड डेभिल्सलाई ८०-४१, बिर्तामोडले धनकुटालाई ६६-४२, मिराकलले तरहरालाई ६८-५०, इमोर्टलले चक्रपथलाई ८३-५६ र यलम्बरले होराइजनलाइ ७४-५२  अङ्कको अन्तरले पराजित गरेको छ ।

खेलमा विराटनगरका सुरज बस्नेतले १७, ब्रदसका कबिन मगरले २१, धनकुटाका कैलाश लिम्बू २६, मिराकलका साहिल तामाङ र इमोर्टलका निकेस मगरले समान ३९ अङ्क र यलम्बरका दिवस राईले व्यक्तिगत ३३ जोडेका थिए ।

डायनामिक यूथ क्लबको आयोजनामा आयोजित प्रतियोगिताका विजेताले नगद ६० हजार रुपैयाँ, उपविजेताले नगद ३० हजार रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताका उत्कृष्ट खेलाडीले नगद ११ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन ।

प्रतियोगिताको सम्पूर्ण खेल धरान रङ्गशाला स्थित इन्डोर बास्केटबल कोर्टमा हुनेछ । प्रतियोगितामा धरान, इटहरी, तरहरा, झापा, मोरङ, धनकुटा, काठमाडौँ गरी १२ टिमले सहभागिता जनाएको छ ।