इटहरी : नेपाल प्रेस युनियन सुनसरी शाखाले द योङ ब्रदर्स क्लबलाई ५-२ गोल अन्तरले पराजित गरेको छ । शुक्रवार भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा प्रेस युनियन विजयी भएको हो ।

द योङ ब्रदर्सले आयोजना गरेको स्व. कृष्ण प्रसाद भट्टराई स्मृति फुटबल प्रतियोगिताको फाइनल अगाडि मैत्रीपूर्ण खेल सम्पन्न भएको हो ।

इटहरी-५ स्थित रहेको जनता कलेजको खेल मैदानमा भएको खेलमा प्रेस युनियनले पहिलो हाफ तिन गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएका थियो भने द योङ ब्रदर्स क्लबको तर्फबाट कुनै गोल हुन सकेन । द योङ ब्रदर्स सामु प्रेस युनियनको टिम हाबी भयो।

खेलको सुरुवात देखिनै दबाबमा राखेको युनियनले लगातार ५ गोल गरेको हो । दोस्रो हाफमा योङ ब्रदर्सले २ गोल फर्काए पछि खेल रोचक बनेको थियो ।

प्रेस युनियन सुनसरी शाखा अध्यक्ष ध्रुव ढकालको कप्तानीमा मैदानमा उत्रिएको थियो भने द योङ ब्रदर्स क्लबबाट नेपाली काँग्रेसका युवा नेता विकाश केसीले कप्तानी सम्हालेका थिए ।

मैत्रीपूर्ण फुटसल खेलको उद्घाटन प्रमुख अतिथि इटहरी वडा नम्बर ६ का अध्यक्ष दिवस पोख्रेल र कोशी प्रदेश फुटबल सङ्घका सह-महासचिव केशव कार्कीले संयुक्त रूपमा रेफ्रि लाई फुटबल दिएर खेल सुरु गरिएको थियो ।

Press-union-football